Sajhamanch Archive

झापामा पहिलो पटक नेवाः साँस्कृतिक कार्यक्रमको आयोजना

Published: in टिप्स/जानकारी by .

बिर्तामोड । पूर्वी नेपालमा नेवारी कला संस्कृतीको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले झापामा पहिलो पटक नेवाः सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।

नेवाः देय् दवू झापाको आयोजनामा आगामी शनिवार नेवाः सांस्कृतिक कार्यक्रमको तयारी गरिएको नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश साक्यले जानकारी दिए ।
विभिन्न कारणले नेवारी कला संस्कृती लोप हुँदै गएको र त्यसको संरक्षण र सम्र्वद्धन गर्न नेपाल मै दोस्रोपटक तथा प्रदेश १ मा पहिलोपटक नेवाः सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल सरकार युवा पुरस्कार २०७६ बाट पुरस्कृत तथा गोल्डमेडलिस्ट नृत्य गुरु स्वजन रघुबंशीद्वारा नेवार संस्कृतीको पौराणिक तथा ऐतिहासिक पृष्ठभूमि बोकेको कुमारी नृत्य , पञ्चमहाकाल नृत्य , भैरव नृत्य , श्वेत गणेश नृत्य , फकन्तले नाच, बज्रयोगिनी नाच, कात्तिक नाच, ऋतु सम्वन्धी नृत्य , महाकाली नृत्य, कत्थक नृत्य , चर्या नृत्य प्रस्तुत गरिने उनले बताए ।

त्यस्तै प्रोजेक्ट बाजा नेपाल ब्याण्डले संगीत संयोजन गर्नुका साथै मालश्री धुन, मंगल धुन , वसन्त धुन , सिलु लोमारी धुन, सिनाज्या धुन लगायत प्रस्तुत गर्ने उनले बताए ।
नेपाल सम्वत् ११४० को अवसरमा झापाको धुलाबारीस्थित पासाङल्ह्वामु स्मृति जेसिज प्रतिष्ठानमा हुने उक्त कार्यक्रमले झापामा रहेका नेवार समुदाय र अन्य समुदायलाई नेवारी कला संस्कृतीबारे बुझ्ने अवसर पाउने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *