प्रदेश प्रमुख अधिकारीद्वारा सुखानीका शहीदको शालिकमा माल्यार्पण
Published:
by .अर्जुनधारा । प्रदेश १ का नवनियुक्त प्रमुख सोमनाथ अधिकारी प्यासी आज झापा आएका छन् । उनले झापाको अर्जुनधारा र इलामको माई जोगमाईको सीमानामा रहेको सुखानी शाहदतस्थलको भ्रमण गरे ।
प्रदेश १ को प्रमुखमा नियुक्ति पछि आज झापा आएका उनले शहीद शहादतस्थल सुखानी र सुखानी पार्कमा रहेका शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीले प्रदेश १ शहीद र राजनीतिक इसितहासको प्रदेश भएकोले प्रदेश १ मा समय सापेक्ष सौन्दर्य थप्ने काममा सबैले अग्रसर हुनुपर्ने सुझाएका छन् ।
सो अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियत, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे सहभागी थिए ।
यस्तै, नेकपा झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य बिर्ख प्रधान र एकराज कार्की, जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, माई नगरपालिकाका प्रमुख दिपक थेवेलगायतको सहभागिता थियो ।
Comments