Sajhamanch Archive

परोपकार साकोसद्वारा १२ जना सम्मानित

Published: in राष्ट्रिय समाचार, सहकारी by .

विर्तामोड । विर्तामोडमा शनिवार आयोजित एक कार्यक्रमका बीच १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं बार्षिककोत्सवको अवसर पारेर संस्थामा विविध क्षेत्रबाट उत्कृष्ट हुने १२ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा अनिवार्य बचततर्फ पर्शुराम खनाल र रेवता बुढाथोकी नेपाल, स्वेच्छिक बचततर्फ पदमप्रसाद तिम्सिना र चन्द्रमाया राजवंशी, बाल बचतकर्ता सुदिन अधिकारी र निम्जला श्रेष्ठ, उत्कृष्ठ ऋणी सूर्यप्रसाद पोखरेल, ज्येष्ठ सदस्य अम्बिकादेवी न्यौपाने, उत्कृष्ठ कर्मचारी प्रवचन नेपाल, पुरानो कार्य समिति सदस्यबाट जीवनकुमार श्रेष्ठ, निक्षेप उपसमिति संयोजक कान्तीबहादुर कार्की र २०७६ सालमा एसईइ उत्कृष्ठ उमेश पण्डित रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित सम्मान गरेकी थिइन् ।

समाजमा हुने विभिन्न प्रकृतिका अप्ठ्यारोमा सहयोग गर्ने उद्देश्यले २०५६ सालमा गठित परोपकार समाज विकसित हुँदै गएपछि २०७० सालमा सहकारीका रुपमा परोपकार बचत तथा ऋण सहकारी संस्थाका रुपमा दर्ता भई सञ्चालनमा आएको उक्त सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा आठ लाख ५४ हजार सातसय ४२ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । ९८९ सदस्य रहेको सहकारीको चुक्ता शेयर पूँजी एककरोड २६ लाख १९ हजार तीनसय रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महतारा, विशेष अतिथि विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, राष्ट्रिय सहकारी बैंक झापाका प्रमुख मुना घिमिरे, लक्ष्मी बहुउश्यीय सहकारी संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेत, गोकुल अधिकारी, गुरुभक्त न्यौपाने, लक्ष्मी गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *