आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्
Published:
by .चटामरी हाम्रो नेपालमा चर्चित खाना हो । खासगरी नेवारी समुदायमा यो लोकप्रिय छ । त्यसैले त यसलाई नेवारी पिज्जा समेत भनिन्छ । तर अरु समुदायले पनि चटामरी प्रशस्तै प्रयोगमा ल्याउने गरेको पाइन्छ । हामीले घरमा यसरी चटामरी बनाउन सक्छौं ।
चाहिने सामग्री
१.चामलको पिठो ५०० ग्राम
२.मन तातो पानी (आवश्यकता अनुसार)
३.तेल (कराईमा चिल्लो लगाउन)
चटामरी बनाउने प्रक्रिया
१) चामलको पिठो र पानीलाईसँगै एकै भाडामा राखेर घोल्नुहोस् । पिठोलाई बाक्लो हुँनेगरी घोल्नुहोला ।
२) कराई ग्याँस, आगोमा तताउनुस् ।
३) ६०/७० मिलिलिटर घोल कराईमा पातलो गरी फैलाउनुहोस् ।
४) दुवैतर्फ पकाउनुहोस् । चटामरी नरम हुदै निकाल्नुहोला । धेरै कडा, कालो नहुन दिनुहोला ।
५) यसरी तयार भएको चटामरी टमाटर वा धनियाको चटनीसँग खानुहोस् ।
Comments