Sajhamanch Archive

टप सेभेनको अडिसन मनकामना

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका १ स्थित मनकामना माध्यमिक विद्यालयमा सञ्चालीत सिङ्गिङ् आईकन र डान्स स्टारको टप सेभेनको अडिसन सम्पन्न भएको छ ।

गत जेष्ठबाट शुरु भएको आईकनमा ३ सय ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । ।

जसमा गीत तर्फ १ सय ६७ र नृत्य तर्फ १ सय ८३ जनाले सहभागीता जनाएका थिए। आज सम्पन्न अडिसनमा नृत्य तर्फबाट नेमिका थापा,टेरिसा नेपाल,इस्का आङ्ग्देम्बे तथा गायनमा शुबेक्षा पन्त,अनमोल उप्रेती र स्मृति आलेमगर बाहिरिएका छन् ।

बिद्यार्थीहरुको आन्तरिक क्षमता कला उजागर गर्न आयोजीत आईकनको फाईनल राउण्ड माघ २१ गते समापन हुने बिद्यालयका प्रधानाध्यापक केशव ढुङगानाले जानकारी दिए।

गत बर्ष गायन तर्फमात्र गरिएको प्रतियोगिता यस बर्ष भने नृत्य लाई पनि जोडिएकोले विद्यार्थीहरुमा थप उत्साह थपिएको सह(प्रधानाध्यापक धुर्ब गौतमले बताए ।

अडिसनको निर्णायक मण्डलमा शिक्षक लोकेन्द्र थपलिया, राज सुब्बा र झापाली कान्छा अभिषेक रहेका छन् । बिजेताले सोहि स्कुलमा १ बर्ष निशुल्क शिक्षा , पोशाक , शैक्षिक सामाग्री तथा उपहारहरु प्राप्त गर्ने जनाइएको छ।

बिद्यालयमा पढ्दै गित,नृत्य तथा उद्घोषण जस्ता ज्ञान लिन र प्रतिस्पर्धा गर्न पाएकोमा खुशी ब्यक्त गर्छिन उज्यालो मनकामना बालक्लबका अध्यक्ष तथा प्रतियोगी दीक्षा गुरुङ्गले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *