Sajhamanch Archive

सोलार बत्ती जडान पछि कमलका बासिन्दा हर्षित

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा यहाँस्थित २१ नं. वाहिनी लगायत सडक र मन्दिरमा सोलार बत्ती जडान गरिएको छ ।

सोलार बत्ती जडान पछि स्थानीय बासिन्दासहित २१ नं वाहिनी अड्डालाई समेत उज्यालोले सहज भएको जनाइएको छ । विषेश गरी सो क्षेत्रमा जंगली हात्ती आउने भएकोले त्यसको सुरक्षार्थ सोलार बत्ती जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

सानो केर्खास्थित किरातेश्वर शिव पान्चायन मन्दिरमा २ वटा, २१ नं वाहिनी अड्डको चारसुरमा ४ वटा र सोनो केर्खाबाट इलामको चुलाचुली गाउँपालिका जाने हात्ती प्रभावित सडकमा ७ वटा गरी १३ थान सोलार बत्ती जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

सोलार बत्ती जडानका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौबाट १० लाख ५० हजार रुपैयाँ र कमल गाउँपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ गरी १५ लाख रुपैयाँको लागतमा बत्ती जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *