Sajhamanch Archive

सताक्षीधाममा फ्रि वाइफाई, एकै पटक १२ सय ५० जनाले प्रयोग गर्न सक्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामा मंगलबादेखि इन्टरनेट सेवा पुगेको छ ।

भोली बुधबारदेखि सञ्चालन हुने १०८ कुण्डीय कोटिहवनमा आउने श्रद्धालु भक्तजनहरुलाई सहज होस भन्ने उद्देश्यले इन्टरनेट सेवा विस्तार गरेको हो । महोत्सव भरी वाईफाई फ्रि गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा आउने भक्तजनहरुले वाइफाई एक पटकमा १२५० जनालाई प्रयोग गर्न सक्नेछन् ।

शिवसताक्षी नगरपालिका र ईन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेशन प्रा.लि को संयुक्त प्रयासमा पहिलो पटक ईन्टरनेट सेवा विस्तार भएको हो ।  इन्टरनेशनल ब्यान्डविथ आवश्यक अनुशार कम्तिमा ५० देखि १०० एम.वि.पि.एस र लोकल ब्यान्डवीथ ८०० देखी १००० एम.वि.पि.एस सम्मको क्षमता भएको कम्पनीका संचालक विजय श्रेष्ठले जानकारी दिए ।

धार्मिक महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गर्ने आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले बताएका छन । विहान ९ बजे दोमुखा स्थित कनकाई नदीमा स्नान गरि अर्जुनधारा ज्वलेश्वर धाम हुँदै पहिलो पटक योगी नरहरीनाथले आयोजनाको कोटिहोम क्षेत्रमा पुगेर झिलझिले सताक्षीधाम क्षेत्रको रमिते डाडाबाट १२ बजे कलश सहितको शोभा यात्रा आयोजना गर्ने आयोजक समितिले जनाएको छ । महोत्सव भोली २७ गतेबाट ९ गतेसम्म सञ्चालन हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *