Sajhamanch Archive

प्रियंका र निकले अमेरिकामा किने यति महँगो घर, मूल्य सुन्दा उड्नेछ होस

Published: in टिप्स/जानकारी, विविधा by .

 बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको अमेरिकाको लस इंजिल्समा १४४ करोडको घर किनेका छन। जानकारी अनुसार यो घरको कुल मुल्य २० मिलियन अमेरिकी डलर रहेको छ। वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार निक र उनि पत्नी प्रियंकाले २० हजार बर्ग फुटको घर किनेका हुन जसको मुल्य १ सय ४४ करोड रहेको छ।

निकसंगै उनका दाई जो जोनस र उनकी पत्नी सोफी टर्नर यानि संसा स्टार्कले पनि सोहि स्थानमा १५ हजार वर्गफुटको १४.१ मिलियनमा घर किनेका छन।

रिपोर्ट अनुसार निक र प्रियंकाको यस घरमा ७ ओटा बेडरुम ११ बाथरुम, छत त फराकिलो लेन रहेको छ। यी दुईले अगस्तमा घर बेचेर नयाँ घर खोजी रहेका थिए।

निक र प्रियंकाको विवाह गत डिसेम्बरमा भएको हो। कामको कुरा गर्ने हो भने प्रियंकाद्वारा अभिनित द स्काई इज पिङ्कु केहि महिना अघि मात्र प्रदर्शनमा आएको थियो। त्यस्तै हाल उनि राजकुमार रावका साथमा चलचित्र द वाइट टाइगरु को सुटिंगमा व्यस्त छिन। (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *