Sajhamanch Archive

बाख्रा, बंगुर र कुखुरा बाँड्दै बिर्तामोड नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका वडा नं ७, ८, ९ र १० नं का ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा वितरण गरेको छ ।

मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत वडा नं ७, ८ र ९ का तीनवटा समूहका ४५ जना बाख्रापालक किसान छनौट गरी ३ वटाका दरले बाख्रा वितरण गरिएको नगरपालिकाका पशु सेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिइन् ।

यसैगरी वडा नं ६ र १० का दुईवटा समूहका ३० जनालाई बंगुर प्रदान गरिएको छ भने वडा नं १० को एउटा समूहका १० जना किसानलाई २० वटाका दरले लोकल जातका कुखुराका चल्ला वितरण गरिएको श्रेष्ठले बताइन् ।

यसैबीच, मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत बाख्रापालक किसानहरुको तीन दिने तालिम गरामनीमा सूरु भएको छ । सो कार्यक्रमको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्ने कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले नगरको तल्लो क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउँदै लैजान एकीकृत कृषिको प्याकेज लागू गरिएको बताए ।

उनले भने, कृषि र पशु पालनलाई प्राथमिकता दिने बजेटको सीमाभित्र रहेर वडा नं ६, ७, ८, ९ र १० का जनतालाई केन्द्रित गरेर यस्तो अभियान चलाइएको हो ।

नगर उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अग्निप्रसाद पाण्डे, पवित्रा पाठकलगायतले मन्तव्य राखेका थिए ।

नगरपालिकाले करिब ३५ लाख रुपैयाँ बराबरको ब्रोयर जातका बाख्रा, कुखुरा र बंगुर वितरण गरेको जनाइएको छ । सो कार्यक्रम अन्तरगत समेटिएका कृषकले एकदेखि डेढ वर्ष भित्रमा ती बाख्रा, बंगुर र कुखुरा समूहका अन्य कृषकलाई फिर्ता गर्नुपर्ने प्रावधान बनाइएको छ ।

साथै, सो कार्यक्रम भित्र पाठा वितरण मात्र नगरी आधुनिक खोर निर्माणका लागि पनि सहयोग गरिएको छ भने टाट्ना बनाउने, घाँस उत्पादनलगायत कामलाई एकीकृत प्याकेजका रुपमा समावेश गरिएको पशु सेवा अधिकृत श्रेष्ठले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *