गोप्य अंगमा किन ट्याटु खोप्छन् हिरोइन ?
Published:
by .काठमाडौं । ‘स्तन’को तल्लो भागमा ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय विवादमा तानिएकी थिइन् । उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रोशित पनि भइन् ।
प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक चर्चा पाएको थियो । नेपाली फिल्ममा अंग प्रदर्शनको क्रम जति चर्को छ त्यति नै त्यस्ता अंगमा ट्याटु खोप्ने क्रम बढेको छ ।
ढाडदेखि कम्मर र नीजि अंगसम्म नै ट्याटु खोप्ने अर्की अभिनेत्री हुन् प्रियंका कार्की । उनको हातदेखि खुट्टालगायतमा पनि ट्याटु खोपिएका छन् । ट्याटु एउटा रहर भए पनि अभिनेत्री हकमा भने अंग प्रदर्शन गर्ने मेलोमेसो मात्र बनेको छ ।
एक जना कलाकार भन्छन्,‘अभिनयमा लागेका कतिपयले कथाले नमागे पनि ट्याटु खोपेका छन् यो उनीहरुको नीजि मामला हुन सक्छ तर पर्दामा आएपछि, मिडियामा आएपछि चर्चाको विषय बन्नु स्वभाविक हो ।’
५ दशकको उमेरतिर लागेकी अभिनेत्री करिश्मा मानन्धरले क्लिभेजमा ट्याटु खोपेकी छन् । उनको ट्याटु स्पष्ट देखिने गरेको छ । सार्वजनिक कार्यक्रम होस् वा राजनीतिक नै विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ ।
क्लिभेज देखाउँदा सुन्दरताको प्रतीक नै देखाएको ठान्ने अभिनेत्रीहरूले जति अंग प्रदर्शनको क्रम बढेको छ, त्यति नै गोप्य ठाउँमा ट्याटु खोप्न थालेका छन् । कहिलेकाहीँ यस्तै ट्याटु खोपेको, देखाएकोलगायतका विवादका कारण पनि उनीहरु मिडियामा छाइरहने गरेका छन् ।
बाहिर यस्ता विषयको कडा आलोचनामा उत्रिए पनि अभिनेत्रीहरुलाई थाहा छ, यो प्रदर्शनकै लागि खोपिएको हो, तस्बिर छाइराखोस् भन्ने आत्मरती पनि हो ।
Comments