नेकपाका शिर्ष नेता मन्त्री मण्डल पुनर्गठनबारे छलफलमा, ८ जना मन्त्रिहरुले बिदा पाउँदै
Published: (Updated: )
by .काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनबारे अन्तिम निर्णय लिन ओलीले बैठक बोलाएका हुन् ।
मन्त्रिमण्डल हेरफेरका क्रममा झण्डै ८ जना मन्त्रिहरुले बिदा पाउने बालुवाटार श्रोतले जनाएको छ । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।
Comments