Sajhamanch Archive

पत्रकार नेम्वाङ परिवारमा पितृ शोक

Published: in राष्ट्रिय समाचार by .

अर्जुनधारा । झापाका दुईजना पत्रकारलाई पितृशोक परेको छ ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्बाङ र पूर्व कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका झापाका अध्यक्ष विशाल नेम्वाङका पिता मदुसुदन नेम्वाङको गए राति साढे ११ वजे निधन भएको हो ।

करिब ५ वर्ष अघि नै मातृवियोग झेलेका पत्रकार भीम र विशालका बुबा मधुसुदन क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको ९३ वर्षको उमेरमा गएराति साढे ११ बजे निधन भएको हो ।

स्वर्गीय मधुसुदनका ज्ञानुउदय, भीम, सोम, विशाल र रुपनारायण गरी ५ जना छोराहरु रहेका छन् ।
स्वर्गीय मधुसुदन नेम्वाङको जन्म १९८२ साल चैत १५ गते भएको थियो । उहाँ अर्जुनधारा नगरपालिका वडा नम्वर ७ मा रहेको आफ्नै घरमा बस्तै आउनु थियो ।

गएराति स्र्वारोहण हुनु भएका मदुसुदनको आज दिउँसो १ वजे झापाको कनकाई माईमा अन्तिम संस्कार गरिने छोरा भीमले जनाएका छन् ।

नेम्वाङ परिवारका पिता मदुसुदनप्रति साझामञ्च मिडिया प्रालि परिवारको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *