Sajhamanch Archive

धार्मिक महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by .

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

१०८ कुण्डीय कोटिहवन तथा धार्मिक महोत्सवलाई लक्षित गरी शिवसताक्षीको दूधे आयुर्वेद औषधालयले शिविर सञ्चालनमा ल्याएको हो । महोत्सवमा विभिन्न ठाउँबाट आउने श्रद्धालु भक्तजनहरु उपचारका लागि शिविर सञ्चालन गरिएको दूधे औषधालयका निरिक्षक तथा कविराज टेकनाथ अर्यालले जानकारी दिए ।

शिविरमा सयौंका संख्यामा भक्तजनहरुले लाभ लिइरहेका कविराज अर्यालले बताए । धार्मिक महोत्सवमा शनिबार श्रद्धालु भक्तजनहरु सँधै भन्दा धेरै उपस्थित भएकाले सँधै भन्दा बढी स्वास्थ्य परीक्षण गरिएको समेत कविराज अर्यालले बताए । शिविरमा विभिन्न रोगका आयुर्वेदिक औषधीहरु समेत निःशुल्क वितरण भइरहेको र ९ गतेसम्म सञ्चालन हुने औषालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *