Sajhamanch Archive

उज्वल महिला कृषि सहकारीको साधारणसभामा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्ज स्थित उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७५ । ७६ मा ३ लाख ९० हजार ५ सय ३८ रुपैया नाफा गरेको छ ।

शनिबार शिवगञ्जमा आयोजित सहकारीको १३ औ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष विष्णु कुमारी चम्लागाईले ३ लाख ९० हजार ५ सय ३८ रुपैया नाफा गरेको जानकारी दिइन् । सहकारीले कुल १५ लाख ७ हजमर ५२ रुपैया आम्दानी र ११ लाख ६३ हजार ६ सय ६ रुपैया खर्च गरी ३ लाख ९० हजार ५ सय ३८ रुपैया नाफा गरेको हो ।

संस्थाको २५ लाख ४७ हजार ४ सय रुपैया सेयर पुँजी रहेको छ । सहकारीले आधा दर्जन बढी उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिक र उत्कृष्ट विधार्थीलाई नगद सहित सम्मान गरेको छ । सहकारीको हाल शिवगञ्जमा मात्र शाखा भएपनि नगर भित्रका सबै वडामा समुहमा रहेको लेखा समितीका संयोजक जगतबिर लिम्बुले जानकारी दिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका कार्यवाहक अध्यक्ष कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *