Sajhamanch Archive

बालिका बलात्कारमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भारतको तमिलनाडुको राजधानी चेन्नईमा एक सरकारी स्कूलका ९९ वर्षीय अवकाशप्राप्त प्रधानाध्यापकले १० वर्षकी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई जेल पठाएको छ ।

पुलिसका अनुसार आरोपी प्रधानाध्यापक परशुरामलाई सन्नीरकुप्पमस्थित उनको घरबाट पक्राउ गरिएको हो ।

एक भारतीय समाचार माध्यमका अनुसार परशुरामका पाँच घर छन् । तीमध्ये उनले सन्नीरकुप्पमस्थित घरलाई दुई वर्ष अघि बालिकाका आमा–बुवालाई भाडामा दिएका थिए ।

स्रोतका अनुसार घटनाबारे त्यतिबेला पर्दाफास भयो जब शुक्रबार बालिकालाई पेट दुख्यो र उनलाई बान्ता हुन थाल्यो । सुरुमा बालिकाका आमा–बुवालाई छोरीले स्कूलमा केही खाएका कारण उनको स्वास्थ्य बिग्रिएको हुनसक्ने अनुमान गरे ।

हेडमास्टरले अपराध कबूले’

स्रोत भन्छ, ‘जब उनीहरुले छोरीलाई उपचारका लागि अस्पताल लिएर गए तब उनीहरुलाई बालिकामाथिको शारिरिक शोषण बारे पत्ता लाग्यो । बालिकाका आमा बुवाले जब उनलाई सोधे तब बालिकाले परशुरामले उनलाई घरको बाथरुममा लगेर दुर्व्यवहार गरेको बताइन् । बालिकाले परशुरामले आफूलाई ओरल सेक्स गर्न बाध्य बनाएको पनि जानकारी दिइन् ।’

पुलिसका अनुसार परशुरामका सात सन्तान छन् तर उनी घरमा एक्लै बस्थे । शनिबार बालिकाका आमाबुवाले परशुरामविरुद्ध मुद्दा दर्ता गरे । परशुरामले पनि आफ्नो अपराध कबुल गरेका छन् । एजेन्सी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *