Sajhamanch Archive

कालापानीबाट विदेशी सेना हटाउँछौः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनाको कब्जामा रहेको नेपाली भूमि फिर्ता लिने बताएका छन् । प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरे ।

आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको कार्याक्रममा बोल्दै नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरे । ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाउन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनुपर्छ भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए । उनले भने, ‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं । अहिलेको सरकार संवाद गर्न नसक्ने अवस्थामा छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *