Sajhamanch Archive

 विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् ।

आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन् ।

आज माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए ।

यसले विकासका लागि अनुकुल वातावरण नबन्ने र विदेशी कम्पनीहरु समेत निरिह हुने गरेको उनले बताए ।जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशुली–थ्री ए समेत ९० बाट ६० मेगावाटमा झार्नु परेको, समयमा सम्पन्न गर्न नसकिएको र यसले लागत समेत बढाएको उनले बताए । उनले भने, ‘त्यसैले अनुचित लाभ लिनुपर्छ भन्ने प्रवत्ति छोड्न सबैलाई आग्रह गर्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *