Sajhamanch Archive

बस दुर्घटना हुँदा बाँकेमा १४ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.१ कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका वडा नं.१३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका वडा नं.६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *