Sajhamanch Archive

मन्त्रिपरिषद हेरफेर गर्ने विषय प्रधानमन्त्री ओलीको हातमा छ: अध्यक्ष प्रचण्ड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । अहिले नेपालमा सीमा विवाद, उपनिर्वाचनसँगै मन्त्री हेरफेरको विषयले चर्चा पाएको छ ।

अहिले मन्त्रिपरिषद पुनर्गठनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा भइरहेको छ । दुई जनाबीच यस विषयमा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता भ्रमहरुमा नपर्न अनुरोध गरेको छ ।

प्रचण्डको निजी सचिवालयले आज विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको स्पष्ट पारेको छ । मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार यस कुरामा जोड दिएको भनिएको छ ।

मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको स्पष्ट पारेको हो । मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो । जानकारी अनुसार नेकपा केन्द्रीय सचिवालयको बैठकले भोली मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *