Sajhamanch Archive

आन्दोलनको नयाँ शैलीः लिम्बुवान राज्य माग गर्दै एसएमएस

Published: (Updated: ) in समाज, by .

पाँचथर । १९८८ सालबाट लिम्बुवान आन्दोलन भइरहेको छ । विशेष गरेर २०६२ सालदेखी लिम्बुवानका सवालहरु उठाएर शसक्त रूपमा आन्दोलन समेत चलिरेहको छ । लिम्बुवान आन्दोलनले विभिन्न उतार चडावहरु पार गर्दै आएको छ ।

लिम्बुवानका राजनीतिक कर्मीहरुले फरक–फरक ढंगबाट आन्दोलन समेत गर्दे आइरहेका छन् । शनिवारबाट लिम्बुवानको एसएमएस आन्दोलन सुरु गरीएको छ । उक्त एसएमएस आन्दोलनका बारे निकै चर्चापरिचर्चा र आलोचनाहरु भइरहेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्रीलगायतका मन्त्रीहरु र सांसदहरुलाई उनिहरुको मोबाइल नम्बरमा ‘लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर’ भनेर लेख्ने भनिएको एसएमएस म्यासेज आन्दोलन यसो झट्ट हेर्दा हाँस्यास्पद जस्तो, म्यासेज बाटै सरकारलाई दुरसञ्चारमा आधा करोड राजस्व तिरेजस्तो देखिएको छ ।

बिभिन्न कालखण्डमा लिम्बुवान र नेपाल सरकारको सन्धि सम्झौताहरु हुदै आएका छन् । लिम्बुवान आन्दोलन संगसंगै लिम्बुवानका आदिवासी जन जातीहरुसंग पनि नेपाल सरकारले पटकपटक सन्धि सम्झौताहरु गरेका छन् ।

सम्झौताहरुसँग जोडिएको आन्दोलन सम्पुर्ण नेपाली नागरिकसँग सम्बन्धित भएको संघिय लिम्बुवान मञ्चका पाँचथर अध्यक्ष सागर केरुङले बताएका छन् । १५ बर्षको निरन्तर आन्दोलनमा लिम्बुवान आन्दोलनले बन्दहड्ताल, चक्काजाम, भोकहड्ताल, कालो झन्डा प्रदर्शन, कालो पट्टि प्रदर्शन, लाठी जुलुस, राँके जुलुस, सिटि जुलुस, मार्चपास, सिंहदरबार घेराउलगायतका आन्दोलन भएका छन् ।

त्यस्तै लिम्बुवान अकुपाइ, कविता मार्फत लिम्बुवानको माग, सडकमा फुटबल खेल्दै लिम्बुवानको माग, नाटक मन्चनमार्फत लिम्बुवानको माग, मोटरसाइकल र्याली, रिक्सा र्याली जस्ता नयाँ नया ढंगबाट आन्दोलन गरीएको अध्यक्ष केरुङको भनाइ छ ।

त्यसैगरी आमसभा, चलचित्रमार्फत लिम्बुवानको माग, दर्जनौं कितावहरुमार्फत लिम्बुवानको माग, बिज्ञप्ती मार्फत लिम्बुवानको माग, ज्ञापनपत्र मार्फत लिम्बुवानको माग पनि गरेको उनको भनाई छ । घोषणापत्र मार्फत लिम्बुवानको माग, केलाङ र यालाङ ,माङ्लाङ, कौडा, दौडा, साकेला, बालन, सगिनी मार्फत लिम्बुवानको माग, गीत, संगीत, साहित्यमार्फत लिम्बुवानको माग र आन्दोलनहरु भइसकेको केरुङको भनाई छ ।

उक्त आन्दोलनबारे नेपालका सत्ता पक्षले विर्सिएको केरुङको भनाई छ । केरुङ भन्छनः– ‘हामी आन्दोलनकारी र बिश्वका शक्तिशाली मुलुकहरु र इयु, संयुक्त राष्ट्रसंघहरुले देखिरहेको छ, प्रमाण राखिरहेको छ ।’ वर्तमान लिम्बुवान आन्दोलनको लागि यो एसएमएस् आन्दोलन शक्तिशाली र ऐतिहासिक भएको केरुङको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *