ग्लोरीमा उद्घोषण तालिम शुरु
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.४ स्थित ग्लोरी इङ्लिस बोडिङ्ग स्कुलमा बुधवारबाट उद्घोषण तालिम शुरु भएको छ।
विद्यार्थीहरुको वाककला र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यपक सान बहादुर बस्नेतले बताए।
उद्घाटन कार्यक्रममा बोल्दै प्रध्यानाध्पक बस्नेतले विद्यार्थीहरुमा भएको क्षमता उजागर गर्दै चौतर्फी बिकासमा विद्यालयले कुनै कसर बाकिँ नराख्ने बताए।
उक्त तालिमको सहजीकरण संचारकर्मी सरोज पौडेलले गरिरहेका छन् ।
सो तालिममा कक्षा छ देखि नौ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको शिक्षक सन्तोस प्रसाईंले जानकारी दिए।
Comments