मौरीको टोकाइबाट एक जनाको गयो ज्यान, पाँच जना घाइते
Published:
by .सर्लाही । वन मौरीको टोकाइबाट सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं.७ मुसैलीमा एक बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् ।
बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
अन्य पाँच जनाको जिल्ला अस्पताल सर्लाहीमा उपचार गरी थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । मौरीको टोकाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रवीकुमार राय, २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका हुन् ।
Comments