चरेशसहित दुई जना पक्राउ
Published:
by .कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका वडा नं.१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका वडा नं.३ का महेश विष्टलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको जोशीले बताए ।
Comments