Sajhamanch Archive

मालपोत कार्यालय, सिराहाका प्रमुख मण्डल घुससहित पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

सिराहा। जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस लिँदालिँदै आज विहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

                                                                       

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *