Sajhamanch Archive

सेल्फी किङ’ सँग भिड्दै ‘साङ्लो’

Published: (Updated: ) in टिप्स/जानकारी by .

सिंगल थिएटरका ‘बादशाह’ मानिने अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ ।

आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टार फिल्म ‘सेल्फी किङ’ छ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् ।

अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित आज निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ ।

छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।

फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *