Sajhamanch Archive

भक्तजनको रोजाईमा सताक्षीधाम (फोटो फिचर)

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

शिवसताक्षी । धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामा शनिबार भक्तजनको भीड लागेको छ । १०८ कुण्डीय कोटिहवनको दशौं दिनमा भक्तजनहरुको आगवन बाक्लिएको हो । सताक्षीधामको विकासँगै पछिल्लो समय भक्तजनको रोजाईमा पर्न थालेको छ ।

गएको २७ गतेबाट सञ्चालन भएको धार्मिक महोत्सव अन्तर्गत श्रीमद भागवत कथा बाचनमा शुक्रबार बेलुकी र शनिबार दिउँसो जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य ले प्रवचनका क्रममा नेपालको कालापानी, लिपुलेक, लिपियाधुरा नेपालको भूमि रहेको बताए ।

धार्मिक ग्रथहरुमा प्रष्टसँग नेपालको काली नदिलाई परापर्वकालदेखि भगवानको स्वरुपका रुपमा पुजा आजा गर्दै आइहेको जानकारी दिए । नेपाल भनेको हाम्री आमा हुन् भन्दै सवै नेपाली एक भएर यो देशको रक्षा गर्नु पर्ने बताए । उनले प्रवचनका क्रममा नेपालको सीमा अतिक्रमण परेको भन्दै आँसु समेत झारेका थिए ।

धार्मिक महोत्सवमा विश्वका २० ओटा मुलुकबाट श्रद्धालुभक्तजनहरुको आगमन भएको छ भने महोत्सव ९ गते समापन हुने आयोजकले जनाएको छ ।

सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख नाघेको छ । सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको यो भेटी रसिदबाट मात्र संकलन भएको मूल आयोजक समितिले जनाएको छ । वालाचर्तुदशीका दिन समापन हुने धार्मिक महोत्सवको साँझको गंगा आरती, १०८ कुण्डको कोटिहोम र खेल तमासा सर्वसाधरणलाई विशेष आकर्षक लागेको भक्तजनले बताएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *