Sajhamanch Archive

कमल गाउँपालिकाले जित्यो, मैत्रीपूर्ण खेलको उपाधि

Published: (Updated: ) in खेलकुद by .

कमल । मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।

कमल गाउँपालिकाका कर्मचारी र कमलनगर जेसीजका सदस्य बीच भएको मैत्रीपूर्ण फुटवाल प्रतियोगितामा जेसीजलाई ३ शुन्यले हराउँदै गाउँपालिकाले उपाधि जितेको हो ।  कमलनगर जेसीजको सप्ताह कार्यक्रम अन्तरगत दास्रो दिन फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

गाउँपालिकाका तर्फबाट भरत तिवारी २ र दिपेन गिरीले १ गोल गरेर आफ्नो टिमलाई विजय बनाएका थिए । जेसीजले आफुले पाएको अवसर पाए पनि गोल गर्न नसक्दा हार व्योहोनु परेको थियो । गाउँपालिकाका तर्फबाट भरत तिवारी र जेसीज तर्फबाट जेसी युवराव पाठकले टिमको नेतृत्व गरेका थिए ।

त्यसैगरी आजै सम्पन्न कार्यक्रम अन्तरगत दुर्घटना न्युनिकरणका लागी जेसीजले केर्खा बजारको पूर्व बस स्टेण्डमा डिभाईडर समेत राखेको कार्यक्रम संयोजक तिलरुपा दाहालले जानकारी दिईन् ।

कमलनगर जेसीजका महासचिव रिजु काकीले सन्चालन गरेको कार्यक्रममा जेसीजको वर्ष १८का अध्यक्ष केदार कटुवाल, प्याप्सन झपाका वरिष्ट उपाध्यक्ष गौरिमान फागो प्याप्सन कमलका अध्यक्ष बदिराम राई, कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल लगायतले जेसीजले गरेका समाजकि कामको चर्चागरेका थिए भने उपाध्यक्ष सन्तोस कडरियाले स्वगत मन्तव्या राखेका थिए ।

सप्ताह कार्यक्रम अनुसार मंसिर १३ गते ११ बजे जेसी नारायण बस्नेतको संयोजकत्वमा कमल गाउँपालिका ५ स्थित गुरागाँई प्रतिष्ठानमा गाउँपालिकामा रहेका विध्यालय स्तरिय गायन प्रतियोगिता हुने छ भने सोही दिन २.३० बजे जेसी घनश्याम गुराँगाईको संयोजकत्वमा सप्ताहा समापन कार्यक्रम गरि जेसीजको सप्ताहकार्यक्रम सम्पन्न गरिने कमलनगर जेसीजका अध्यक्ष जेसी शेखरनाथ न्यौपानेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *