गौरवशाली साकोसको साधारण सभा सम्पन्न
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा पूर्व सांसद डिल्लीप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक ब्यक्तित्व एवम् सहकारी अभियन्ता काशीलाल चौधरीको सम्झना गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले काशीलालले देखाएको बाटोलाई अनुसरण गर्दै उनले खोलेको सहकारीलाई सफलरुपमा स्थापित गर्न आग्रह गरे । ‘काशीलालको विचार र शैली समृद्ध थियो’—पूर्व सांसद डिल्ली सिटौलाले भने— हामी मिलेर उहाँको सपना पूरा गरौं । कार्यक्रमका प्रमुख अतिथि रहेका सिटौलाले आफूले लिएको ऋणको ब्याज तिरेर मात्र साधारणसभामा आउन सहकारी संस्थाका सदस्यहरुलाई आग्रह गरे ।
संस्थाका सल्लाहकार पुष्पलाल चौधरीले २०६६ सालमा आफू लगायतलाई काशीलालले नै सो सहकारी खोल्न प्रेरित गरेको स्मरण गरे । उनले राजनीतिक क्षेत्रमा समेत आबद्ध रहेका काशीलालको योगदान अतुलनीय रहेको प्रशंसा गरे । संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र लिङदेन, कार्यपालिका सदस्य सुरेन राजवंशी, बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष पार्वता बिमली खरेल, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश भट्टराई, प्राइम लाइफ ईन्सुरेन्स कम्पनीका प्रबन्धक नारायण ओझा, सहकारी संस्थाका सल्लाहकारहरु पार्वता गिरी, इन्द्रसिंह राजवंशी, सम्मानित पत्रकार तुलसीप्रसाद निरौला लगायतले बोलेका थिए ।
त्यस अवसरमा पत्रकार निरौला,असल बचतकर्ताहरु रन्जित राजवंशी, बृजनारायण थारु, लक्ष्मणदेवी चौधरी, योगेन्द्र भुजेल, असल ऋणीहरु मनिष बिमली, सुमित बङगानी, हरिकला ढकाल,उत्कृष्ट कर्मचारीमा व्यवस्थापक अरुण चौधरी र उत्कृष्ट बिधार्थीमा यासिला भुर्तेललाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत युवराज बिमलीले गरेका थिए । साधारणसभाको अवसर पारेर सहकारी संस्थाले वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजनारायण चौधरीले गरेका थिए ।
Comments