Sajhamanch Archive

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा शतबीज छर्न लाखौं भक्तजन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्नेको भीड लागेको छ ।

हिजो आइतबार बेलुकीदेखि नै भक्तजहरु सताक्षीधाममा पितृ उद्धारका लागि दियो बालेर रातभरी जागराम बसेका थिए । आज विहान ४ बजेदेखि नै शतबीज छर्नेको भक्तजनहरुको भीड लागेको हो । सताक्षीधामको शिव मन्दिर उत्तरको झरनामा स्नान गरी शतबीज छर्ने प्रचनल रहेको छ ।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भए पनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यता समेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा झापाको सताक्षीधाम, अर्जुनधाराधाम, किचकवध लगायतका क्षेत्रहरुमा क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।

सताक्षीधाम क्षेत्रमा गएको २७ गतेबाट सञ्चालन गरिएको १०८ कुण्डीय कोटिहोम आज समाम्त भएको छ । १०८ कुण्ड परिषरमा श्रद्धालु भक्तजनहरुले शतबीज छरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *