अलैंची श्रमिकलाई बिर्तामोडमा अभिमुखीकरण
Published: (Updated: )
by .झापा । बिर्तामोडका अलैंची श्रमिकहरुलाई अलैंचीको ग्रेडिङ, कटिङ, स्वास्थ्य र सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरिएको छ।
नेपाल अलैंची ब्यवसायी महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको संयुक्त आयोजना तथा मन्त्रालयका उपसचिव पार्वती शर्माको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
सोमबार भएको अभिमुखीकरण कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका शाखा अधिकृत काशी घिमिरेले सहजीकरण गरेका थिए ।
महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अलैंची मजदूरहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा महिला उद्यमी माया गुरुङ, अलैंची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारी, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठ, महासंघका सल्लाहकार इन्द्र विन्दल, आनन्द कट्टेललगायतले मजदूर, साहु र ब्यापारी एक आपसमा परिपुरक भएको बताए ।
महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले स्वागत गरेको प्रशिक्षणमा महासंघका महासचिव सुभास भट्टराईले सन्चालन गरेका थिए ।
सोही कार्यक्रममा शुष्मा पौडेलको संयोजकत्वमा २१ सदस्यीय अलैंची महिला सञ्जालसमेत गठन गरिएको महासचिव भट्टराईले जानकारी दिएका छन् ।
Comments