प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ।
बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ।
‘सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार ओलीले श्रीमती राधिका शाक्यको सहयोगमा कालो चिया पिएका छन् ।
अचानक पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।
शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि बुधबार बिहान भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले पनि प्रधानमन्त्री ओलीलाई भेटेका छन्। चिकित्सकलाई उदृत गर्दै त्रिपाठीले प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार भइरहेको बताए।
Comments