सिम्रिक साकोसद्वारा सदस्य सहकारी शिक्षा प्रदान
Published: (Updated: )
by .शिवसताक्षी । सिम्रिस बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
शिवसताक्षीको दूधेमा सहकारीको दूधे शाखाका आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान गरेको हो ।
सदस्यहरुलाई सहकारीले गर्दै आएका गतिविधीहरुलाई जानकारी दिएको छ । सहकारीका अध्यक्ष कमल बस्नेतले सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा सदस्यहरुलाई दिइने विभिन्न प्रकारका सुविधा भएपनि सदस्यहरुले कतिपय सुविधा नलिएको बताए । उनले संस्थाले सदस्यहरु समान्य विरामी पर्दा समेत विरामी खर्च उपलब्ध गराए पनि सदस्यहरुले विल सम्म पेश नगर्दा संस्थाले दिइने सुविधाबापत को रकम खर्च नभएको जानकारी दिए । संस्था सबै सदस्यहरुलाई विमाबाट पाउने सुविधा लिन अध्यक्ष बस्नेतले आग्रहसमेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं. ९ वडाध्यक्ष छविलाल पाठकले सहकारीबाट ऋण लिई पुरुष सदस्यले भन्दा महिला सदस्यहरुले विभिन्न आय मुलक कार्यक्रमहरु गरेको बताए । आजको अवस्थामा सहकारीले सदस्यहरुलाई ऋण मात्र प्रदान नगरी समाजिक उत्तरदाहित्व समेत बहन गर्नु पर्ने उनको भनाई थियो ।
विर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख तथा प्रशिक्षक डिल्ली दाहालले सदस्यहरुलाई प्रशिक्षण दिदैं सहकारी र बैंकका विषयमा भिन्नता र सहकारीबाट हुने फाइदाका बारेमा प्रष्टा पारेका थिए ।
सहकारीको उन्तती र सदस्यहरुको फाइदाको लागि पहिले सदस्य नै अनुशाशित हुने हुनुपर्ने उनको भनाई थियो । तालिममा दुईसय सदस्यहरु सहभागी दिए ।
कार्यक्रमको स्वागत शिक्षा उपसमिति संयोजक मोहरमान विष्टले गरेका थिए भने सञ्चालन विजय बस्नेतको रहेको थियो ।
Comments