Sajhamanch Archive

निशुको अर्को सिर्जना विहेमा घन्काउने ‘डान्सिङ सङ’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by .

गायिका निशु ढकालले फेरि अर्को गीत बजारमा ल्याएकी छिन् । ‘दाइको विहेमा जन्ती जाने हो’ बोलको गीत उनले हालै बजार ल्याएकी हुन् ।

आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गीतसँगै म्यूजिक भिडियो पनि बजारमा ल्याएकी छन् । विवाहलाई लक्षित गरेर बजारमा ल्याइएको सो गीत लञ्चिङ चरणमा नै धेरैले रुचाएका छन् ।

झापा बुद्धशान्तिकी गायिका निशुले म्यूजिक भिडियोमा पनि सोही ठाउँका मोडललाई प्रस्तुत गरेकी छन् । नविनकुमार तिम्सिनाको लिरिक्स, म्यूजिक र एरेन्ज रहेको सो म्यूजिक भिडियो विवाह लक्षित छ । उक्त गीतले अब धेरैका विवाहमा स्थान पाउने लगभग पक्का भएको छ ।

सो डान्सिङ गीतमा क्यामेरा सुनिल शाहीको रहेको छ भने मोडलहरुमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपस्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाईं देखिएका छन् ।

हेर्नुस् म्यूजिक भिडियो पनि ………..

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *