एनएमसीको लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम
Published: (Updated: )
by .बिर्तामोड । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज बिर्तामोडमा सचेतना कार्यक्रम गरिएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
समितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती रहेका थिए ।
संयोजक सिटौलाले आयोजनाको औचित्य माथि प्रकाश पारेर सुरु भएको सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता तारादेवी बाराकोटीले गरेकी थिइन्। मुख्य सहजकर्ता रहेकी अधिवक्ता बाराकोटीले लैंङ्गिक हिंसाको बारेमा जानकारी गराउँदै यसको वर्तमान अवस्थाको चर्चा गरिन् । अधिवक्ता बाराकोटीले घरेलु हिंसा तथा लैङ्गिक हिंसाको फरक केलाउँदै लैङ्गिक हिंसा विरुद्धको दिवस किन मनाउन थालियो भन्नेबारे प्रकाश पारिन् ।
सहजीकरणका क्रममा सहभागीहरुको ज्ञान र चेतनालाई प्रष्फुटन गराउने अवसर प्रदान गर्दै अधिवक्ता बाराकोटीले सामाजिक हिंसा, घरेलु हिंसा, आर्थिक हिंसा, कानूनी हिंसा, राजनीतिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, यौनजन्य हिंसा आदिका बारेमा छलफल गरेकी हुन् ।
संस्थाका बिर्तामोड कार्यलयगत शाखा सदस्य पदमप्रसाद सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सामाजिक सरोकार समिति सदस्य अनिता कार्कीले गरेकी थिइन् ।
Comments