Sajhamanch Archive

रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

ललितपुर । ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *