Sajhamanch Archive

पर्दामा ‘माछा माछा’ भर्सेस ‘माया पिरिम’

Published: in टिप्स/जानकारी by .

आजबाट फरक जनरामा निर्माण भएका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।

सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘माया पिरिम’ ले शुक्रबारबाट प्रदर्शन थालेका हुन् । ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका छ ।

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले हलमा दर्शक तान्न नसकेको अवस्थामा यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा लिइएको छ । बुधबार राजधानीमा अयोजना गरिएको प्रिमियरमा फिल्मले सुखद प्रतिक्रिया बटुलेको थियो । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म आधारित छ । शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् ।

त्यस्तै, ‘माया पिरिम’ मा अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द प्रमुख भूमिकामा छन् । फिल्मका कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल हुन् । प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल सह-निर्माता रहेको फिल्ममा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । निरज कँडेलले फिल्म खिचेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *