Sajhamanch Archive

‘क्राइम ब्रान्च’को हुँ भन्दै पैसा उठाउने चौधरी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

धनुषा । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’को कर्मचारी हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं.४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी छन् ।

जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले ज।२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *