Sajhamanch Archive

सिद्धबाबालाई प्रहरीले अस्पतालबाट अदालत लग्यो

Published: in विविधा by .

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *