Sajhamanch Archive

१३ औँ साग : आज २३ खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् ।

काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् ।

 आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । कीर्तिपुर क्रिकेट मैदानमा पुरुष क्रिकेट हुने छ । क्रिकेट अन्तर्गत समूह चरणको खेलमा नेपालले  आज माल्दिभ्ससँग खेल्दै छ ।

महिला क्रिकेट भने पोखरामा जारी छ । पोखरामा  नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

साग अन्तर्गत शुक्रबारदेखि बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *