Sajhamanch Archive

कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन छैन : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहदेखि बालुवाटारसम्म हुने भ्रष्टाचारमा कांग्रेसले आवाज उठाउने बताएका छन् ।

आज नेपाली कांग्रेस क्षेत्र नं. २ ले कागेश्वरी मनहरा नगरपालिकामा भएको अनियमितताविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “कांग्रेसले स्थानीय तहमा भएको भ्रष्टाचार,अनियमितताबारे पनि बोल्छ । बालुवाटारमा भएको भ्रष्टाचारमा पनि बोल्छ ।”

नेता शर्माले कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन नभएको भन्दै कांग्रेसले अब देशैभर स्थानीय तहमा भएका भ्रष्टाचारको भण्डाफोर गर्ने बताए ।

नेता शर्माले कम्युनिष्टले जितेका स्थानीय तहमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै आलोचना पनि गरे । “कागेश्वरी मनोहरा नगरपालिकाले शुरुवात गरेको छ । ७५३ स्थानीय तहमै कांग्रेस भ्रष्टाचारविरुद्दको अभियान लिएर जाँदैछ,” उनले भने ।

प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले जनताले कांग्रेसले संसदमा खेलेको शालिन भूमिकाको अनुमोदन गरेको बताए । कांग्रेसले शान्तिपूर्ण रुपमै आफ्ना विरोधका कार्यक्रम गर्ने पनि बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *