Sajhamanch Archive

ट्याक्टर दुर्घटनामा घाइते चार जनामध्ये एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका वडा नं.३ केराबारीमा ट्याक्टर दुर्घटनामा घाइते भएका चार
जनामध्ये एकको मृत्यु भएको छ।

२ त ४३५९ नंबरको ट्याक्टर अनियन्त्रित हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

दुर्घटनाबाट घाइते चैनपुर नगरपालिका वडा नं.११ लुवाकोटका ३१ वर्षीय सुकल राईको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ। घाइते सुकल राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

जस्तापाता बाकेर सदरमुकाम खाँदबारीबाट पुखुवा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक खाँदबारी नगरपालिका वडा नं.८ डाँडाका दिनेश तामाङ, सिलिचोङ गाउँपालिका वडा नं.५ की प्रतिमाया राई र चैनपुर नगरपालिका वडा नं.११ का सुक्ला राईसहित चार जना घाइते भएका थिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *