Sajhamanch Archive

जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताएका छन् ।

‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा आज जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

उनले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताए ।

दक्षिण एसिया भौगोलिक तथा हावापानीको दृष्टिकोणले उच्च प्रकृतिक प्रकोप हुने क्षेत्र भएकाले जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहस आवस्यक रहेको उनले बताए ।

मन्त्री ज्ञवालीले त्यसका लागि नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराए । उनले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरे ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *