Sajhamanch Archive

राम लिम्बू बने ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को विजेता

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

काठमाडौं । गायन रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि राम लिम्बूले जितेका छन् ।

हयात ग्राउण्ड चुचेपाटी बौद्धमा शनिबार राति भएको फाइनल (ग्रयाण्ड फिनाली) मा उत्कृष्ट चार प्रतिष्पर्धीलाई पछि पार्दै राम लिम्बूले द भ्वाइसको उपाधि जितेका हुन् ।  उपाधि जितेसँगै उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्रको अवसर प्राप्त गरेका छन्  ।

गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए । फाइनलमा प्रवेश गर्नेहरुमा प्रशिक्षक (कोच) दीप श्रेष्ठबाट बिकाश लिम्बू, कोच राजु लामाबाट सनिशा श्रेष्ठ, कोच आस्था राउतबाट आरिफ राव र कोच प्रमोद खरेलबाट राम लिम्बू  थिए ।

ब्लाइण्ड अडिसन, ब्याटल राउण्ड हुँदै नकआउट चरणबाट लाइभ राउण्डमा  १२ जना छानिएका थिए । जसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउण्डमा पुगेका थिए । कोच आस्था राउको टिमबाट यान्की ह्यामो , शशिका राई, आरिफ राव पुगेका थिए ।

यस्तै  कोच प्रमोद खरेलको टिमबाट बलबहादुर राजबंशी, मेचु धिमाल र राम लिम्बू थिए ।  यस्तै कोच राजुबाट गीता शर्मा, अन्जु रानामगर र सनिश श्रेष्ठ लाइभ शोमा थिए ।

गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी  एचडीमा प्रसारण हुँदै आएको थियो ।

झण्डै २२ हजार आवेदकमध्ये छानिएका करिब एक सय नयाँ प्रतिभाले ब्लाइण्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका थिए । यसपटकको सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोच रहेका थिए । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले द भ्वाइसको उपाधि जितेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *