Sajhamanch Archive

गाडीको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं.१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *