Sajhamanch Archive

नेपाली सेनाले भन्यो :  फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सकिन्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने बताएको छ ।

आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् ।

फास्ट ट्र्याक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहनेछ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *