Sajhamanch Archive

इलामको अन्तुडाँडामा रहेको फ्याफुल्ला होमस्टेमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by .

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नं.५ अन्तुडाँडामा आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ ।

आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई अचानक आगलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो ।

आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामालबुङको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

झापा अनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *