Sajhamanch Archive

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दै

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो ।

झापा अनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *