Sajhamanch Archive

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको भातृ सँगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बाँकेको कोहलपुरमा आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको बिरोध गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

नेविसंघले शान्ति सुरक्षामा प्रधानमन्त्री ओली चुकेको र स्कुलले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोली चलाउँदा पनि मुकदर्शक बनेको भन्दै नेविसंघले आज पुत्ला जलाएको हो ।

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पुत्ला जलाउन जम्मा भएका नेविसंघका नेता–कार्यकर्ताले सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने, ट्रक चालकलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

प्रहरी प्रशासनले सत्ताको दाश बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दुःख दिन लागेकाले आफूहरु प्रदर्शनमा उत्रिएको नेविसंघ आरआर क्याम्पसका इकाई सचिव अनुराग शाहले बताए । आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *