Sajhamanch Archive

पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक

Published: in खेलकुद by .

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ ।

आज माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । रोहितकुमार पौडेल १५ र पवन शरार्फ १० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *