Sajhamanch Archive

सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न तथा सहकारीलाई उत्पादनतिर लाग्न प्रधानमन्त्रीको निर्देशन

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुले आगामी आर्थिक वर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् ।

बुधबार सिंहरदरबारमा आयोजित आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।

गृह, भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाइ (उर्जातर्फ), उर्जा जलस्रोत तथा सिंचाइ (जलस्रोत र सिंचाइतर्फ), सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना पेश गरेका छन् ।

यसैगरी स्वास्थ्य, जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय (कृषि, पशुपंक्षी र भूमि तथा सहकारी), खानेपानी तथा सरसफाई र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय (उद्योगतर्फ) का सचिवहरुले आफ्ना आफ्ना कार्ययोजना पेश गरेका हुन् ।

मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले सहकारीहरुलाई वित्तीय कारोबारभन्दा उत्पादनतिर लाग्न जोड दिनुपर्ने सुझाव दिएका छन् । महंगी अत्याधिक बढेको सम्बन्धमा कडा ढंगले अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

यसैगरी सवारी दूर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा नै पहाडी तथा हिमाली क्षेत्रमा अनिवार्यरुपमा सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न प्रधानमन्त्रीले निर्देशन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *